Join AIMSA Online

Google Groups
अल इंडिया मधेसी विद्यार्थी संघ (एमसा), इंडिया
Visit this group

Sunday, March 1, 2009

[AIMSA "Unity in Diversity"] Fwd: नेपालमा चारवटा संबैधानिक पदमा प्रमुख हुनु भएका एक मात्र व्यक्ति अनिरुद्ध प्रसाद सिंह



---------- Forwarded message ----------
From: Rajbiraj Development Group <youthofrjb@gmail.com>
Date: 2009/2/28
Subject: नेपालमा चारवटा संबैधानिक पदमा प्रमुख हुनु भएका एक मात्र व्यक्ति अनिरुद्ध प्रसाद सिंह
To: rajbiraj@googlegroups.com, Plz Join AIMSA Unity in Diversity <surendra.madhesi@gmail.com>


नेपालमा चारवटा संबैधानिक पदमा प्रमुख हुनु भएका एक मात्र व्यक्ति अनिरुद्ध प्रसाद सिंह

नाम : अनिरुद्ध प्रसाद सिंह

बुबाको नाम : लक्ष्मी प्रसाद सिंह

जन्म स्थल : सप्तरी जिल्ला , बर्दाही गा.वि.स.

जन्म मिति : वि.स.१९७९ साल माघ महिनामा

शैक्षिक योग्यता : बी.ए.

वि.स. २००२ सालमा पञ्चायत सम्बन्धि व्यवस्थाको लागी तत्कालीन श्री ३ पद्म शमसेरको आह्वान अनुसार बौद्धिक क्षेत्रद्वारा सप्तरी बाट चार जनालाई छाने को थियो जसमा एउटा अनिरुद्ध प्रसाद सिंह पनि हुनु हुन्थ्यो

अनिरुद्ध प्रसाद सिंह

भगवती प्रसाद सिंह

महावीर लाल देव

खडग बहादुर यी चार जना लाई छाने का थिए

वि.स. २००३ सालमा झापाको माल मा हाकिममा नियुक्ति   

वि.स. २००४ सालमा झापामा बड़ा हाकिम

वि.स. २००४ साल देखि वि.स. २०११ सम्म झापा,दांग,तौलिहवा र पाल्पा जिल्लाहरुको वड़ा हाकिम   

वि.स. २०१२ सालमा नै तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यको मन्त्री मण्डलमा कानून मन्त्री हुनु भएको थियो.

वि.स. २०१३ साल जेष्ठ ८ गते सर्वोच्च अदालत को स्थापना हुदा सबै भन्दा कम उमेरमा नै सर्वोच्च अदालत को प्रथम प्रधान न्यायधीश हुनु भएको थियो

वि.स. २०१६ सालमा लोकसेवा आयोग को प्रथम अध्यक्ष मा नियुक्ति  

वि.स. २०१७ सालमा डा.तुलसी गिरी को अध्यक्षमा गठित मन्त्री परिषद मा मन्त्री समेत हुनु भएको थियो

अख्तियार दुरुपयोग निवारण आयोग को अध्यक्ष पद मा साढे सात बर्ष सम्म लगातार रही र दृढ़ता पूर्वक कर्तव्य पालन गर्नु  भएको थियो

वि.स.२०४२ देखि २०४७ साल सम्म राज परिषद स्थायी समिति को सभापती पदमा आसीन रही जिम्मेवारी निभाउनु भयो

मन्त्री स्तरिय विशेष जाहेरी विभाग राजदरबार को प्रमुख , न्यायिक समिति को अध्यक्ष एवम् कैरो को नेपाली को राजदूत समेत ठाऊँ हरु मा कार्य गर्नु भएको थियो

श्री ५ महाराजा धिराज बाट

राम पट्ट सुबिख्यात त्रिशक्ति पट्ट प्रथम

प्रबल गोरखा दक्षिणबाहू प्रथम

सु गौरव त्रिभुवन प्रजातन्त्र श्री पद

ब्रिटिश सरकार बाट (के.पि.ई ) को मान पदवी पनि प्राप्त गर्नु भएको थियो




--
With Regards,
Surendra Madhesi
President of AIMSA
Email-id:-surendra.madhesi@gmail.com
Contact no. :- +919886015017    
                     +91-820-4292780
                      +977-31-522327(Rajbiraj)
Please visit
http://indiamadhesi.wordpress.com
http://www.aimsanepal.org

--~--~---------~--~----~------------~-------~--~----~
For more options, visit AIMSA group at
http://groups.google.co.in/group/aimsaformadhesi
AIMSA Blog Url- http://indiamadhesi.wordpress.com
or visit http://www.aimsanepal.org
-~----------~----~----~----~------~----~------~--~---